कांग्रेस महाधिवेशन :कैलाली जिल्ला सचिवमा क–कसको दाबी  ?
2021/11/15, 1:38
 
dd

नेपाली कांग्रेसको १४ औ महाधिवेशनले अहिले कैलाली काँग्रेसमा निर्वाचन सरगर्मी बढेको छ । २७ गते मात्रै बडा अधिबेशनबाट क्षेत्रिय प्रतिनिधि छानिएपछि अहिले नगर, क्षेत्रको (प्रदेश र प्रतिनिधी सभा) जिल्ला लगाएतमा उमेद्बारी घोषणा गर्ने होडबाजी नै चलेको छ । सबै भन्दा जोखिम पहिलो खुड्कीलो मनिने क्षेत्रिय प्रतिनिधि छनोट भईसके मात्रै सबैले खुलेरै आफ्नो उमेद्बारी दिने काँग्रेस बृतमा संस्कार छ ।

अहिले युवाहरुका लागि आर्कषक पद मानिने जिल्ला समितिको सचिव पद नै सबै भन्दा चर्चा पाईरहेको छ । सचिवमा अहिले पाँच जना आकांछी देखिएका छन् । दुई सचिब पदका लागि संस्थापन पक्ष (देउवा) बाट केशब मिश्र, नृप सुनार, विनय लामा, लक्ष्मण शाही र अमृत बीसीले आफ्नो उमेद्बारी घोषणा गरिसकेका छन् । उनीहरु पाँचै जान देउवा समुहमा बसेर काँग्रेसमा राजनीति गर्दे आएका छन् । देउवा ईतरका समुहका भने कसैले पनि अहिले सम्म सचिव पदमा उमेद्बारी घोषणा गर्ने आट गर्न सकेको छैैन । देउवा समुहबाट नै सचिव पदमा उमेद्बार धेरै भएकाले कसरी व्यबस्तापन गर्ने भन्ने जिल्ला तहका नेताहरुलाई निकै धौधौ भएको एक नेताले बताए ।

नृप सुनार संस्थापनइतर पक्ष भनेर चिनिदै आएका भएपनि नरनारायण शाहसंगको ट्युनिङ्ग मिलिरहेकोले निर्प सुनार पनि देउवा समुमै रहेको एक थरीका नेता कार्यकर्ताले बताउदै आएका छन् । सुनार जिल्ला सभापति शाहको हरेक गतिबिधीहरु संगै हुदै आएका र सभापतिका एजेन्डामा सघाउदै आएका छन् । अहिले सबै सचिवका उमेद्बारहरु वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरू आन्तरिक भेटघाट र चुनावी प्रचारप्रसारमा दौडधुप गरिरहेका छन् ।

उमेदवारहरूले आफू निकटकाहरूलाई भेटघाट गरेर र सामाजिक सञ्जालमार्फत धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। । केशव मिश्र, नृप सुनार, अमृत बीसी र लक्ष्मण शाहीले सार्बजनिक रुपमै जिल्ला कार्यसमितिको सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने विनय लामाको भने आफु निकट र जिल्ला नेताहरुलाई सचिवको दाबेदारी भएको बताईसकेका छन् । लामाले सार्बजनिक रुपमा भने अहिले सम्म सचिवको उमेद्बारी प्रस्तुत गरेका छैनन् । उनी कता  मिल्छ उतै सोझिने दाउमा रहेको समेत आकलन गर्न थालिएको नेता कार्यकर्ता बताउछन् । उम्मेदवारी घोषणाको क्रम अझै बढ्न सक्ने देखिन्छ । सबैले आ–आफ्नो उम्मेदवारी किन ? भनेर क्रियाशील सदस्यहरू कहाँ पुगिसकेका छन् भने कोहीले पम्प्लेट बनाएर सामाजिक सञ्जालमा राम्रै प्रचार गरिरहेका छन् ।

१) केशव मिश्र

1 

आकांक्षीमध्ये विद्यार्थी राजनीति हुँदै हाल कांग्रेसको राजनीति गर्दै आएका केशव मिश्रले सचिवमा दाबी प्रस्तुत गरेका छन् । त्यसका लागि नेता र कार्यकर्ताको साथ रहने उनको विश्वास छ ।

नेविसंघ केन्द्रीय सदस्य, नगर सचिव, २०७३ सालमा मनोनयनमा परि जिल्ला सदस्यको समेत उनले जिम्मेवारी बहन गरिसकेका छन् । २०५४ सालमा रघुनाथ आदर्श माध्यमिक बिद्यालय बौनियाबाट विद्यार्थी राजनीति सुरु गरेका मिश्रले भने, ‘म कुनै गुट र उपगुटको पछि लागेर भन्दा पनि सबैको साथ र सहयोगबाट सचिवमा दाबी प्रस्तुत गर्ने योजनामा छु ।’ २०६२ सालमा नेबी संघ कैलालीको सचिव भएका मिश्र संगठन निर्माण देखि विभिन्न काममा ख्याती कमाएका छन् ।

‘मैले सम्पूर्ण समय पार्टी संगठनमै खर्च गर्ने योजना बनाइसकेको छु र यसभन्दा अगाडि पनि पार्टीका हरेक गतिविधिमा सहभागी भएको छु,’ उनी भन्छन्, ‘मैले आफैंले मूल्यांकन गर्दा मेरा लागि सचिव पद उपयुक्त छ ।’ पछिल्लो समय नेपाली राजनीतिलाई नजिकबाट नियाल्ने अवसर पाएको बताउने मिश्रले युवा र पाका नेतृत्वबीचको तारतम्य मिलाएर पार्टीलाई मजबुत बनाउन पनि आफ्नो उमेदवारी रहेको बताए ।

विचार र सिद्धान्तमा बौद्धिक नेतृत्व बनाउन पहल गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाउने र शुभेच्छुक संघसंगठनलाई दत्त चित्त भएर अगाडी बढाउन सक्रिय हुने मिश्रले पनि चुनाबी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

 

२) लक्ष्मण शाही

3

२०४६ सालमा नेपाल विद्यार्थी सङ्घमा आवद्द भएर स्कुल इकाई समितिबाट राजनीतिक यात्रा अघि बढाएका युवा नेता लक्ष्मण शाहीले आफूलाई जिल्ला कार्यसमिति सचिव पदमा विजयी बनाइदिन आग्रह गर्दै प्रचारप्रसार गरिरहेका छन्।

कैलाली बहुमुखी क्याम्पसमा लामो समय राजनीति गर्दै अघि बढेका शाही क्याम्पसको इकाई सभापति, सचिव हुँदै नेपाल विद्यार्थी संघ कैलालीको अध्यक्ष समेत भएका थिए । उनी पर्व महाधिवेशन प्रतिनिधि पनि हुन् । कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्यका उमेदवारीको घोषणा गरेको लगायतका जिम्मेवारी सम्हालिसकेको अनुभवका आधारमा उनले जिल्ला कार्यसमितिको सचिव पदमा उम्मेदवारी घोषणा गरेको दाबी गरे।

विद्यार्थी राजनीतिबाट आएका उनले पार्टीमा आन्तरिक लोकतन्त्रको सशक्तीकरण गरी विधि, पद्धति र सुशासनयुक्त संगठन निर्माणमा टेवा पुर्याउन , पार्टीलाई उत्पादनमुखी क्षेत्रको विकासमा लगाउन, नैतिकवान् पार्टी सदस्य निर्माण गर्न सोही अनुसारको प्रशिक्षण र अभिलेखीकरणको व्यवस्था गराउन आफूले पहल गर्दै जाने उनले बताए ।

३) निर्प सुनार

2

धनगढी निवासी निर्प सुनार पनि सचिव पदका अर्का दाबेदार हुन् । बहुदलबाट प्रभावित भई नेपाली कांग्रेसको राजनैतिक यात्रा सुरु गरेका सुनार प्रतिगमन बिरूद्धको आन्दोलनका क्रममा विभिन्न समयमा गिरफ्तारी भोग्दै २०६२ सालमा करिब तीन महिना कैलाली जिल्ला कारागार राजबंदीका रुपमा जेल परे ।

२०५३ सालमा नेपाल बिद्यार्थी सघको बिधालय कार्य समितिको ईकाई सभापती हुँदै २०५६ सालमा कैलाली बहुमुखी क्याम्पसको ईकाई कार्य समितिको सदस्य र २०५७ देखि २०५८ साल सम्म कैलाली बहुमुखी क्याम्पसको ईकाई उपाध्यक्ष भएका थिए । उनी २०५८ देखि २०५९ सम्म कैलाली बहुमुखी क्याम्पसको ईकाई सभापती हुँदै नेपाल बिद्यार्थी सघको केन्द्रीय सदस्य , नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत भएका छन् ।

२०६८ देखि २०७२ साल सम्म नेपाल तरुण दल केन्द्रीय सदस्य २०७२ देखि नेपाली कांग्रेस कैलालीको जिल्ला सदस्य र २०७४ साल देखि जिल्ला कार्य सम्पादन समितिको सदस्य र जिल्ला कार्यक्रम तथा प्रशिक्षण शाखाको सयोजक तथा पार्टीका तर्फबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा पार्टी प्रतिनिधिको अनुभव उनीसँग छ ।साथै कांग्रेसलाई गरिब, निमुखा, मजदुर र उपेक्षित वर्गको भरोसाको पार्टी बनाउन, समुदायमा कांग्रेसको प्रतिष्ठा उँचो बनाउन आफुले जिम्मेवारी बहन गर्न सक्ने दाबीसहित उमेदवारी घोषणा गरेको उनको भनाइ छ ।

पार्टीलाई नीति, विधि र प्रविधिमूलक ढंगबाट सञ्चालन गर्नुपर्ने र सबै युवाहरुको आकर्षणको केन्द्र बनाउनुपर्छ भन्ने विषयलाई पनि उनले आफ्नो चुनावी नारा बनाएका छन् । चुनाब जितिसकेपछी विभिन्न नेताहरु जनतामाझ जान सकिने अवस्था नहुदा पनि पार्टीलाई जनतासंग जोड्ने मध्यस्तकर्ताको भूमिकामा उभिएको दाबि गर्छन । पार्टीमा भएको असमझदारीलाइ निरुपण गर्न सचिवको ठुलो महत्व रहनाले समन्वय गरि पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउन उनको ठुलो प्रयास हुनेछ ।अब हुने चौधौँ महाधिवेशनबाट आफू सचिवमा निर्वाचित भएमा पार्टीभित्र निष्ठा, इमान्दारिता, संस्कार र संस्कृतिको उत्थानका लागि आफ्नो उमेदवारी रहने उनले बताए ।

४) अमृत बिसी 

v

नेपाल तरुण दलबाट राजनीतिका यात्रा तय गरेका अमृत बिसीले पनि कैलाली जिल्ला कार्यसमिति सचिव पदमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । २०४८ साल देखि समाज सेवा गर्दै बिद्यार्थी राजनीतिमा होमिएका बीसी २०५५ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य भएका थिए ।पछिल्लो पुस्ताका पढेलेखेका युवाहरुलाई पार्टीमा काम गर्न दिनुपर्ने मागसहित यसपटकको महाधिवेशनमा आफूले उमेदवारी घोषणा गरेको उनले बताए ।

विद्यार्थी राजनीतिबाट आएका उनले विधि, पद्धति र प्रकृयालाई अँगाल्दै जिल्लाको १२६ वटै वडाबाट आफूलाई योग्य ठानेर उमेदवारी घोषणा गरेको उनको दाबी छ । गतिशील कांग्रेस, प्रविधिमैत्री पार्टी र पार्टीलाई सर्वश्रेष्ठ बनाउनको लागि पनि आफ्नो उमेदवारी रहेको उनको भनाइ छ ।

क्षमताका आधारमा राजनीति गर्न तयार भएकाले उनी आफूले उमेदवारी घोषणा गरेको बताए ।पार्टीलाई विधि र विधानमा हिँडाउन र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई व्यवहारमा प्रयोग गर्नको लागि पनि आउँदो महाधिवेशनको लागि जिल्ला कार्यसमितिको सचिव पदमा उमेदवारी घोषणा गरेको उनले बताए ।

५) विनय लामा

4

 नेविसंघमा विद्यालय इकाई कमिटी हुँदै जिल्ला नेतृत्व लिएका विद्यार्थी युवा नेता विनय लामाले कैलाली जिल्लामा राजनीतिक परिवर्तन ल्याउको लागि सचिवका लागि उम्मेद्वारी दिने खुल्न आएको छ । पार्टीलाई गतिशील र चलाएमान अवस्थामा राख्नको लागि पार्टी सचिवको मुख्य भुमिका रहने भएकोले उनले उमेदवारी दिन लागेको भन्ने पार्टीभित्र कुरा चलेको छ , तर उनले भने घोषणा गरिसकेका छैनन् ।

चन्द्रोदय माध्यमिक बिद्यालय फूलवारी इकाई कमिटि अध्यक्ष भएपछी राजनीतिक यात्रामा होमिएका लामा कैलाली जिल्लामै बिद्यार्थी नेता , सामाजिक, बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् । २०५९ सालमा कैलाली बहुमुखी क्याम्पस धनगढी इकाई कमिटि सचिव , २०६० सालमा नेपाल विद्यार्थी संघ जिल्ला सदस्य ,२०६२ सालमा नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष , २०७६ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य हुँदै तीन पटक क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको अनुभवका आधारमा जिल्ला कार्यसमिती सचिवको दाबेदारी रहेको पाइन्छ ।

विचार र गतिशील बौद्धिक नेतृत्व बनाउन पहल गर्ने, पार्टीको सचिवालय चुस्त, दुरूस्त र व्यवस्थित बनाउने, पार्टी प्रशिक्षणलाई प्राथमिकतामा राख्ने र कैलालीलाई नेपालभरको प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने उनको प्रतिबद्धतासहित उनी आन्तरिक रुपमा चुनावी प्रचारप्रसारमा होमिएका छन् ।