कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आजदेखी पालिका अधिवेशन सुरू भएको छ। नेपाली काँग्रेस कैलालीका अनुसार आज १३ वटै पालिकामा अधिवेशन हुन लागेको हो।
अधिकांश पालिकामा नेतृत्व चयनका लागि चुनाव हुने देखिएको छ। यस्तै मंसिर ६ गते हुने निर्वाचन क्षेत्रस्तरिय अधिवेशनका लागि पनि उम्मेदवारी घोषणा गर्न थालिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि वर्तमान सचिव भीम पडालले उम्मेदवारी घोषणा गरिसकेका छन्।
यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ कै क्षेत्रीय सभापतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा काँग्रेस नेता सन्तोष मुडभरीले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।
उनले आजै उम्मेदवारी घोषणा गरिने जानकारी दिए। नगर कमिटी र क्षेत्रीय कमिटीमा सदस्य भइसकेका मुडभरी विश्व भाषा क्याम्पसको स्ववीयू सभापति पनि भइसकेका छन्।