
धनगढी उपमहानगरमा नेपाली काग्रेसको सभापतिमा यज्ञराज उपाध्याय चयन भएका छन्। कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले आज भएको अधिवेशनमा सभापतिमा उपाध्यायबाहेक कसैले पनि मनोनयम दर्ता नगरेपछि उनी सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका उपाध्याय अहिलेको नगर कार्यसमितमा सचिव थिए। उनी नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका थिए। यस्तै नगर समितिको अन्य पदका लागि भने चुनाव हुने प्रचारप्रसार समितिका संयोजक सुनारले बताए। उनका अनुसार एकै पदका लागि ४÷५ जनाको उम्मेदवारी परेको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40