
कैलालीमा नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य सकेको छ। पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीले जनाएको छ।

अन्य निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा भने मतदानको प्रक्रियाद्वारा छनोट गरिएको छ। पार्टीका सङ्गठित सदस्य सङ्ख्याका आधारमा एमालले महाधिवेशन प्रतिनिधि छनोट गरिएको जनाइएको छ।
प्रतिनिधिका आकाक्षी कतिपय एमालेका जिल्ला स्तरका नेताले भने प्रतिनिधि छनोटको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि छनोट अप्रजातान्तिक भएको आरोप लागेको छ। यद्यपि एमालेको जिल्ला नेतृत्वले भने प्रतिनिधि छनोटमा देखिएको असन्तुष्टिलाई सामान्य रुपमा लिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49