
कञ्चनपुरमा भन्सार छली ल्याइएका २ लाख बढीका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट दोधाराचाँदनी, जिमुवा र बयलबन्दाबाट खटीएको सीमा गस्ती तथा चेक प्वान्ट टोलीले अवैध रुपमा भन्सार छली ल्याइका सामान बरामद गरेको हो।

२ लाख २३ हजार ३ सय ३० मुल्य बराबरका नायलन डोरी, मिठो सुपारी, नरिवल, डिजेल सहितको भारतिय मोटरसाइकल, स्कुटर, बिडी, सुर्ति, किराना सामान र ब्यालङकेट लगायत काठ बरामद गरिएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दोधाराचाँदनी पोष्टमा बुझाइएको गणले बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49