धनगढीमा केही दिन दिनयता चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सु समेत लाग्ने गरेको छ । दिउँसो सामान्य घाम लाग्ने गरेको छ ।
धनगढी सहित यहाँका बिभिन्न क्षेत्रमा हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन्।
प्राय कुहिरोसँगै चल्ने चिसो हावाले बिहानीपख चिसो बढेको हो । साँझपख पनि चिसो बढ्न थालेको छ । हुस्सु र शितलहरले नागरिकले सास्ती खेप्नु परेको छ । चिसोमा बिभिन्न किसिमका रोगहरु लाग्ने हुदाँ स्वास्थ्यमा विशेष ख्याल र्पुयाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
घट्दो तापक्रम र बाक्लिदो हुस्सु कारण सवारी साधन चलाउन फक्स लाईट बाल्न सुदूरपश्चिम ट्राफिक प्रहरीले समेत सुझाव समेत दिएको छ।
हुस्सुका कारण भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने र दुर्घटनाको जोखिम बढेकाले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।