कञ्चनपुरमा राष्ट्रिय मुक्त हलिया समाजद्वारा सडक नाटक 
2021/11/23, 10:06
 
dd

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले कञ्चनपुरमा कोरोनासम्बन्धी जनचेतनामूलक सडक नाटकको आयोजना गरेको छ। समाजले गत शनिबार जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १ रडाहा र वडा नम्बर ९ सुन्दरपुरमा कोराना महामारीबाट आफु सुरक्षित रहन र अरूलाई पनि सुरक्षित बनाउने उदेश्यले सडक नाटकको आयोजना गरेको हो।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष इश्वर सुनारले विपन्न र पछाडी परेका वस्तीमा कोरोना महामारीको जोखिम र न्यूनीकरण गर्ने सम्बन्धमा स्थानीयलाई सुसूचित गर्न सडक नाटकको आयोजना गरिएको बताए। सञ्चार सेवाको पहुँचबाट टाढा रहेका स्थानीयलाई सडक नाटकको माध्यमबाट मार्गदशन गर्न खोजिएको उनले बताए।

सडक नाटकका साथसाथै स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ। समाजले आइतबार बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीस्थित स्वास्थ्यचौकीमा कोरोना भाइरसको रोकथामका लागि अतिआवश्यक मास्क, सेनिटाईजर र ह्याण्ड ग्लोब्सलगायतका स्वास्थ्य सामग्री पनि वितरण गरेको हो।