बैतडीमा कार्यरत एक प्रहरी हवल्दारमाथि बालिका अपहरण गरेका आरोप लागेको छ। सुर्नया गाउँपालिका–२ पलेटा घर भएकी १६ वर्षीया उपासना चन्दलाई बैतडीको सत्बाँझ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवलदार गजेन्द्रबहादुर बिष्टले अपहरण गरेको आरोप लागेको हो।
सिलाई सिक्नका लागि उपासना अछामको ठाटीखानमा बस्दै आएकी थिइन्। प्रहरीले सोही ठाउँबाट उनलाई अपहरण गरी बन्धन बनाएको उपासनाका दाजु कर्णबहादुर चन्दले दाबी गरे।
चन्दले बिहीबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै प्रहरी हवलदार बिष्टमाथि कारबाहीको माग गरेका छन्। उनले प्रहरी हवल्दारले नै उपासनालाई अपरहण गरेको केही प्रमाण फेला परेको निवेदनमा उल्लेख गरेका छन्।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19