
धनगढीमा ५२ क्विन्टल अवैध चिनीसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय बिशाल गुप्ता र २१ वर्षीय सुरेश मण्डल पक्राउ परेका हुन्।
वडा नम्बर २ मा भाडामा लिई संचालन गरेको पसल खानतलासी गर्दा पसल संचालक बिशाल गुप्ता र मण्डलले भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको ५२ क्विन्टल चिनी तौल गर्दै गरेको अवस्थामा फेला पारी बोरा सिलाउने मेसिन तथा डिजिटल तराजुसमेत गरी अवैध ४ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका दुवै जनासहित सामान भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरीले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46