
देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ । धनगढी, विराटनगर, सिमरा, कीर्तिपुर, रत्नपार्क र पोखरामा वायु प्रदूषण निकै बढेको छ ।

धनगढीको १ सय ५४ एक्यूआई, सिमराको प्रदूषण १ सय ९६ एक्यूआई, विराटनगरको १ सय ८१, कीर्तिपुरको १ सय ५६ र रत्नपार्कका १ सय ५७ सम्म पुगेको त्यहाँ रहेका स्टेसनहरुले देखाएका छन् । यो विश्व स्वास्थ्य सङ्गठनले भनेको स्वस्थ वायुको मापदण्डभन्दा निक्कै धेरै हो ।
सङ्गठनका अनुसार स्वस्थ एक्यूआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा तल निर्धारण गरेको छ । एक्यूआई २ सयभन्दा धेरै भएमा स्वास्थ्यका लागि अति जोखिमपूर्ण मानिन्छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52