दार्चुलाको अपिहिमाल गाउँपालिकामा १३ सय ग्यास सिलिण्डर सहित चुल्हो वितरण
2021/11/28, 5:04
 
ss

 दार्चुलाको अपिहिमाल गाउँपालिकाले स्वच्छ अपि, धुँवामुक्त अपि कार्यक्रम अन्तरगत गाउँपालिका भरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ को कार्यक्रम अन्तरगत गाउँपालिकाका छ वटै वडामा सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए।

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रमका बिच ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरिएको हो । सिलिण्डर र चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।  

गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरी कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास ,सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले बताए। ग्यास सिलिण्डर सहित चुल्हो सेट पाएपछि त्याहाका स्थानियले निकै खुसी लागेको बताए । स्थानीय  गाउँपालिकाले जनतामा प्रतक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् ।