अछाममा मतदाता नामावली सङ्कलन हुँदै 
2021/12/02, 10:13
 
dd

अछाममा शुक्रबार १७ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ। आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर जिल्लाका सबै स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको हो।

निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा मंसिर १७ गतेदेखि २६ गतेसम्म कमलबजार नगरपालिका, ढकारी, चौरपाटी, बान्नीगढीजयगढ र रामारोशन गाउँपालिकामा नामावली संलन गरिने छ भने दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म साँफेबगर, पञ्चदेवल विनायक नगरपालिका, मेल्लेख र तुर्माखाँद गाउँपालिकामा नामावली संलन गरिने छ।

मंगलसेन नगरपालिकाका मतदाता र जिल्ला भित्रका अन्य मतदाताहरूले जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेको मतदाता नामावली संकलन कक्षबाट सेवा लिन सक्ने बताइएको छ। फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।