
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सरकारमा नेपाली कांग्रेस आएमा आफ्नो पार्टी स्वागत गर्न तयार रहेको बताएका छन्। तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताउदै उनले यस्तो बताएका हुन्।

डडेल्धुरामा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार तत्काल परिवर्तन नहुने तर कांग्रेसले सरकारमा आउन चाहेमा स्वागत गर्न आफूहरू तयार रहेको बताए। कांग्रेस सरकारमा आउने भए छलफल गरेर अगाडि बढ्न सकिने मन्त्री सोडारीको भनाइ छ। तर, अहिले सुदूरपश्चिममा कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निभाइरहेको उनले बताए।
यस्तै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेको सोडारीले सरकार परिवर्तन गर्दा अस्थिरता जन्मिने भएकाले वर्तमान सरकारले नै निरन्तरता पाउने दाबी गरेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19