यी हुन् काँग्रेस सुदूरपश्चिममा निर्वाचित ५९ जना (नामसहित)
2021/12/06, 5:24
 
dd

कैलालीको धनगढीमा सम्पन्न नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन भएको छ। ८ पदाधिकारी र ४८ जना प्रदेश सदस्य निर्वाचनमार्फत विजयी भएका हुन् भने तीन जना सदस्य निर्विरोध चयन भएका हुन्। 

पदाधिकारीमा सबै संस्थापन अर्थात काँग्रेस सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभापतिमा देउवा पक्षका पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका हुन्। उनले ६८८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत पाए। 

यस्तै उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने विजयी भए। तीनै जना सहमहामन्त्री पनि देउवा पक्षका हुन्। 

५२ प्रदेश सदस्यमध्ये कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका थिए। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भएका हुन्। बाँकी ४८ जना सदस्य चयनका लागि भएको निर्वाचनमा १६० जनाले उम्मेदवारी दिएका थिए। 

प्रदेश निर्वाचन क्षेत्रको खुला सदस्यतर्फ उत्तमबहादुर कठायत, टेकराज जोशी, गणेश बिष्ट, पुष्करबहादुर सिंह, ज्ञानेन्द्रबहादुर सिंह, पदमबहादुर शाही, धनबहादुर शाही र टेकराज जोशी विजयी भएका छन्। प्रदेश निर्वाचन क्षेत्र महिला सदस्यतर्फ चमेली तामाङ र लक्ष्मी भण्डारी चयन भएका छन्। 

प्रदेश अधिवेशनको व्यवस्थापन गरेको नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार खस आर्य खुलातर्फ सुरतबहादुर रावत, रामबहादुर देउवा, कासीराम देवकोटा, भक्तबहादुर ठकुल्ला, कृष्णप्रसाद पाठक र करवीरसिंह कार्की विजयी भएका छन्। 

यस्तै आदीवासी जनजातीमा दाउत तामाङ, अल्पसंख्यक वा अपाङगतामा उपेन्द्रबहादुर खडायत, खस आर्य महिलातर्फ कान्ता चन्द शाही, दिपा ऐर, केशरी बिष्ट, सम्झाना खत्री, निलम लेखक जोशी र टिकेश्वरी हमाल विजयी भएका प्रचारप्रसार संयोजक सुनारले दिनेशखबरलाई बताए। उनले दिनेशखबरलाई दिएको जानकारी अनुसार प्रदेश सदस्य मधेशीतर्फ वेदप्रसाद चौधरी, दलित खुलातर्फ चन्द्रे टमटा, राजेशकुमार टमटा, दलित महिला सदस्यतर्फ रुपा आउजी, थारु खुला सदस्यतर्फ झेली राना थारु, राजसमझ चौधरी, थारु महिलातर्फ भुलिया राना र मुस्लिम सदस्यतर्फ डा.मेराज आलम अन्सारी चयन भएका छन्। 

यस्तै प्रदेश सदस्य भूगोलतर्फ तुलाराम साउद, गौरीसिंह बोहरा, गजराज पाण्डेय, तेजबहादुर लुहार, राजेन्द्रसिंह बिष्ट, राजेन्द्रबहादुर खड्का, धनराज पण्डित र तेजबहादुर चन्द विजयी भएको सुनारले जानकारी दिए। प्रदेश सदस्य भूगोल महिलातर्फ अनुराधा कुमारी स्वार, कलावतीदेवी बोहरा, प्रेमा श्रेष्ठ, कमला धामी सामन्त, सुनिता थापा, राधिकादेवी सिंह र कमला चन्द विजयी भएका सुनारले दिनेशखबरलाई जानकारी दिए। काँग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार ११ जना सदस्य पाैडेल पक्षबाट विजयी भएका छन्।

प्रदेश सदस्यमा निर्वाचित करबीर कार्की, दाउत तामाङ, तुलाराम साउद, प्रेमा श्रेष्ठ, कमला धामी सामन्त, निलम लेखक जोशी, टिकेश्वरी हमाल बिष्ट, रुपा आउजी, रिया राना, चमेली तामाङ र राजेन्द्र खड्का पौडेल पक्षका हुन्। बाँकी ४० जना प्रदेश सदस्य भने देउवा पक्षका हुन्।