
डोटीका एक वृद्धले कलिलो उमेरकी युवतीसँग विवाह गरेका छन् । केआईसिंह गाउँपालिका -४ वायलका ६० वर्षीय भीम बहादुर नेपालीले बोगटान फिड्सिल गाउँपालिकाकी कलिलो उमेरकी युवतीसँग विवाह गरेका हुन् ।

उनको विवाहको तस्बीर सामाजिक सञ्जालमा बाहिरीएको छ । नेपालीका दुई छोरी, श्रीमती र छोरीबाट नातिनातिना छन् । स्थानीयका अनुसार उनले सोमबार दुलही ल्याएर घरमा धुमधामका साथ विवाह गरेका हुन्।
केआईसिंह गाउँपालिका – ४ का वडा अध्यक्ष जयलाल धामीले विवाह गरेको भन्ने हल्ला सुनेको तर आफूलाई आधिकारिक जानकारी नभएको बताए । स्थानीय स्रोतका अनुसार नेपालीले ६० वर्षको उमेरमा २३ वर्षीया युवतीसँग विवाह गरेर घरमा राखेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02