
कैलालीको लम्कीचुहामा ट्रकमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका १ का मानबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यही मंसिर ९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो। थापाको मृत्यु भएपछि आन्दोलित केही स्थानीयले सोही ट्रकमा आगजनी गरेका थिए।
सोही मध्ये मुख्य २ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘एक जना पक्राउ परिसके अर्कोको खोजी कार्य भइरहेको छ’ उनले भने।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02