बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा, पुनःनिर्माणको काम गरिने
2021/12/08, 1:44

सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो।
जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गरे।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आँकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02