सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई थप व्यवस्थित गराउने प्रक्रिया अघि बढाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित सो मन्दिरलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकिय स्थल बनाउन व्यवस्थित गरिन लागेको हो ।
सो मन्दिरलाई व्यवस्थित गराउन काठमाडौस्थित भिजिनरी डिजाईन्स प्राईभेट लिमिटेले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनका लागि धनगढी उपमहानगरपालिका र सो कम्पनिबिच बिहिबार सम्झौता गरिएको छ ।काठमाण्डौस्थित सुन्धारामा एक समारोहको आयोजना गरि धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड र कम्पनिका अध्यक्ष तपेन्द्रकुमार शाहीले हष्ताक्षर गरेर सम्झौता गरिएको थियो ।
कम्पनिका अध्यक्ष शाहीले मन्दिरमा रहेका पुरोतात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपुराई मन्दिरलाई थप व्यवस्थित गरिन बताए । ‘सुदूरपश्चिम र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिक स्थलमा थप पुरोतात्विक सम्पदा थप गरिने छ’ उनले भने –‘त्यहा“ अब चार वटा मुल ढोका राखिने छ भने वाउन्डरी वाल, मुर्ति राख्ने लगायतका काम गरिने छ ।’ उनका अनुसार भगवान शिव मुर्ति स्थापना गरि एक सय आठ धारा स्नानका लागि बनाइने छ ।
अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिक स्थल रहेको सो मन्दिरमा नया“ संरचना निर्माण गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण बिन्दु बनाइने उनले बताए ।सो अवसरमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढीमा रहेको शिवपुरी धाम, जाखोरताल, वेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाई उपमहानगरपालिकालाई धार्मिक तथा पर्यटकको आकर्षणको बिन्दु बनाइने बताए ।
‘हामीले पर्यटकिय क्षेत्रमा पर्यटन भित्र्याउन हरसम्भव प्रयास गरिरहेका छौं’ उनले भने –‘वेहडाबाबा मन्दिरलाई व्यवस्थि तगर्न उपमहानगरपालिकासंग लगानी गर्न अभाव छैन ।’ उनले सम्बन्धि कम्पनिले छिट्टै योजना अघि बढाई कामको प्रारम्भ गर्नुपर्ने बताए ।बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे ।