नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रचार–प्रसार पुस्तिका सार्वजनिक गरेका छन ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गर्दै संस्कार, विचार, आदर्श र अनुभव बोकेको रुपान्तरित नेपाली काँग्रेस नामक प्रचार पुस्तिका शुक्रबार सार्वजनिक गरेका हुन ।
सो पुस्तकको एक समारोहका बिच केन्द्रिय सदस्य (प्रदेश) पदको उम्मेदवारी घोषणा गरेका नेता रावलले सार्वजनिक गरेका हुन ।उनको सो प्रचार पुस्तिकामा पार्टीमा आवद्ध भएदेखिका अनुभवदेखि समय सान्दर्भिक रुपमा काँग्रेसले चलाउनुपर्ने कदम बारे आफनो विचार व्यक्त गरेका अध्यायहरु छन ।उनको पुस्तिकाको कभरमा दोस्रो जनआन्दोलनका क्रममा प्रहरीले गिरफतार गर्दै गरेको तस्बिर राखिएको छ । पहिलो पृष्ठमा उनले १४ औं महाधिवेशनका लागि आफनो अपिल राखेका छन भने अन्यमा उनका विभिन्न समयमा व्यक्त गरिएका विचारहरु प्रकाशित रहेका छन ।
उनको पुस्तिकामा दरबारबाट बारम्बार धोका र कम्युनिष्ट आतँक, हिन्दुत्व मूल नारा हुनुपर्छ, २०७४ को चुनाव र कांग्रेसकौ प्रचार विपक्षीबाट, परेको प्रजातन्त्र खतरामा, वि.पी. को मूल नारा, आत्मा बेचेको कांग्रेस, माओवादीलाई पुल्पुल्याउदा बामपन्थी बालियो भए, किन चुक्छ बारम्बार कांग्रेस ?, ज्येष्ठ नागरिक प्रति उदासीनता किन ?, जमिन माथिको द्वैध स्वामित्वको प्रश्न, समयको बर्वादी, कांग्रेस मौन किन ?, इतिहासमा कहिल्यै पाठ नसिक्ने कांग्रेस, कांग्रेस थाक्नु हुँदैन लगायतका विचारहरु रहेका छन । उनले सो पुस्तिका एक हजार प्रति छपाएको जानकारी दिए । उनले भने –‘अब यो पुस्तक सबै महाधिवेशन प्रतिनिधीहरुको हात–हातमा उपलब्ध गराइने छ ।’
डाक्टर रावलले भने ‘पार्टीलाई संस्कारयुक्त, पार्टीलाई विचार प्रधान, विधि, विधानबाट बढी अग्रसर हुने र रुपान्तरित भएर अघि बढाउनमा टेवा पुगोस भनी मेरो उम्मेदवारी हो ।’
उनले पार्टीमा परिक्रमा गर्नेहरु भन्दा परिश्रम गर्नुपर्ने कार्यकर्ता आवश्यक रहेको बताए । ‘पार्टीमा लागेका मानिसहरुले केवल नेताहरुको परिक्रमा गर्ने होईन परिश्रम गरेर पार्टीलाई जिवन्त बनाउन सक्ने, जटिसिल बनाउन सक्ने, अहिले देशमा भइरहेको समस्याहरुको समाधान गर्न सक्ने र आशा भरोसा भएको यो पार्टीलाई भरोसामन्द बनाउन सक्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सक्न पनि मेरो उम्मेदवारी हो’ उनले भने ‘पार्टीभित्र रहेका नेता तथा कार्यकर्ताको व्यवस्थापन र सम्मानित राख्न पनि मेरो उम्मेदवारी हुने छ ।’उनले आउँदो स्थानीय, प्रदेश तथा प्रतिनिधीको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउन टेवा पुग्ने हिसावले आफु लाग्ने बताए ।
विकट ठाउँमा जन्मेका डाक्टर रावल २०३२ सालमा नेविसंघमा लागेका थिए । उनी २०७० सालमा प्रत्येक्ष निर्वाचनमा पराजित भएका थिए भने २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा विजयी भई सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता बनेका थिए ।