सेती प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि
2021/12/11, 1:51
 
ss

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा शनिवार थप एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३८ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  तीन जना बिरामी उपचाररत छन् । उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।