सीमानाकामा स्वास्थ्य सतर्कता
2021/12/12, 12:13
 
ss

बैतडी–कोरोना नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण देखिन थालेपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सतर्कता अपनाउन थालिएको छ ।

भारतीय सीमासँग जोडिएका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीका सीमानाकामा सुरुदेखि नै हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिनेको स्वास्थ्य जाँचसंँगै एन्टिजेन परीक्षण भइरहेको थियो । तर दोस्रो चरणको संक्रमण घट्न थालेपछि भारततर्फ आउजाउ पनि बढेको छ । नयाँ स्वरूपको कोरोना देखा पर्न थालेपछि केही दिनयता थप सतर्कता बढाइएको छ ।

भारतमा पनि ओमिक्रोन संक्रमित भेटिएपछि बैतडीस्थित नेपाल—भारत सिमानाका झुलाघाटमा सीमामा आउजाउ गर्नेको स्वास्थ्य परीक्षणलगायत सतर्कता अपनाइएको छ । अघिल्लो सातासम्म स्वास्थ्य सतर्कतामा केही खुकुलो भएको गरिएको भए पनि सीमा आवतजावतमा अहिले कडाइ गरिएको छ ।

भारतबाट नेपालतर्फ आउने सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण नाकामै भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । लक्षणसहितका व्यक्ति भेटिएमा पीसीआर र अन्य परीक्षणका लागि स्वाब संकलनको काम पनि गर्ने उनले बताए । उनले भने, ‘केही दिनअघिसम्म खोप लगाएकाको परीक्षण गरेका थिएनौं । अहिले सबैको अनिवार्य गरेका छौं ।’

सीमामा भएको हेल्थ डेस्कमा अनिवार्य कोरोना परीक्षण गरेर मात्र सीमापारिबाट आएकालाई प्रवेश गर्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट आएकालाई होम क्वारेन्टिनमा बसि दिन पनि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । भारतले पनि खोप लगाएको १५ दिन पूरा भएकाहरूलाई मात्र पारि जान दिने गरेको उनको भनाइ थियो ।

अछाममा छैन सतर्कता

कामका लागि अछाम बासिन्दाको धेरै आवतजावत हुने छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिए पनि अछाममा भने हालसम्म कुनै सतर्कता अपनाइएको छैन ।

भारत सीमा जोडिएका जिल्लामा आवतजावतमा कडाइ गरिए पनि अछाममा भने हालसम्म ओमिक्रोनको रोकथामका लागि कुनै पहल नगरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए । ‘नयाँ भेरिएन्ट देखा परे पनि केन्द्र सरकारले कुनै गाइडलाइन पठाएको छैन । हामीले पनि अहिलेसम्म कुनै तयारी गरेका छैनौं, अब सबै सरोकारवालासँग छलफल गरेर के के गर्ने भन्नेबारे निर्णय गर्छौं,’ प्रजिअ मल्लले भने ।

तेस्रो भेरिएन्ट देखा परेमा पहिले जस्तै स्वास्थ्य सुरक्षा अपनाउनका लागि छलफल नगएिको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । ‘प्रजिअलगायत अन्य सरोकारवालासँग छलफल गर्ने तयारीमा छौं ।