
धनगढीमा रहेको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, उमेश भनिने आलोक चौधरी, विवेक साउद र बाजुराको बुढीगंगा गाउँपालिका–८ का निकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेकाहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02