सेतीमा थप ४ जनामा कोरोना पुष्टि
2021/12/15, 3:03
 
ss

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा बुधबार थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५० नमुना परिक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  ७ जना बिरामी उपचाररत छन् भने ६ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।