
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८० जनाको नमुना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार एन्टीजेन विधिमार्फत कैलालीका तीन तथा बैतडी र कञ्चनपुरका एक\एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१ का ८५ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि आज यस प्रदेशमा दुई जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30