कैलालीमा युवक हत्या प्रकरणः न्याय माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक
2021/12/20, 3:01
 
ss

शनिवार कैलालीमा मृत फेला परेका अर्जुन दासलाइ न्याय माग्दै संघर्ष समिति बनाइएको छ। समितिले न्याय माग गर्दै विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ। उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाइ दबाव दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ। समितिले  बुदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ। 

उनीहरुले अपराधीलाई आजीवन सजाय हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई सरकारी रोजगारीको माग, बालबालिकालाई उचित शिक्षा व्यवस्था र परिवारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका छन्। माग सम्बोधन नभएसम्म घटनास्थलबाट शव उठाउँन नदिने परिवारको अडान छ। 

यस्तै आज ९सोमबार० अपराधीका नाममा किटानी जाहेरी दिने, कैलालीको डुडेझारी अन्तरगत पर्ने पूर्वपश्चिम राजमार्ग अवरुद्ध पर्ने र वार्ता गर्ने लगायता संघर्षका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए।