
बीभत्स ढंगले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अर्जुन दासको शव परिवारले उठाएका छन् । शव भेटिएको तीन दिनपछि दासका परिवारले घटना स्थलबाट शव उठाएका हुन् ।

दासको शव घटना स्थलबाट उठाएर शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए । ‘अब अनुसन्धानमा सहजता हुन्छ,’ उनले भने, ‘शव परीक्षणको रिर्पोटले अनुसन्धान थप मदत पुग्नेछ ।’
दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । शनिवार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30