डोटीमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते
2021/12/21, 10:50
 
crct

डोटीमा भालुको आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्लाको केआइसिंह गाउँपालिका- ४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।

बासकोटा बोकडाडामा घाँस काट्न गएको बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट उनको टाउको,छातीलगायत शरीरका अन्य भागमा पनि चोट पुगेको छ ।

घाइते विष्टको दिपायलमा उपचार भइरहेको छ ।