
दार्चुलाका बालबालिकालाई विद्यालबाट खोप लगाउन सुरु गरिएको छ। सोमबारदेखि नौ वटै पालिकाका विद्यालयबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा उक्त उमेर समूहका बालबालिकाको संख्या २१ हजार रहेको छ।
पुस ९ सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने योजना स्वास्थ्य कार्यालयको छ।दार्चुलामा हालसम्म ६७ प्रतिशले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको र ७१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30