अछाममा कोरोना विरुद्ध मोर्डना खोप अभियान सुरु
2021/12/22, 10:27
 
ss

अछाममा कोरोनाविरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ ।  जिल्लाका १० वटै स्थानीय पालिकामा कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो ।

जिल्लाका ३४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने ढुंगानाले बताए । सोही अन्तर्गत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ ।  ढकालका अनुसार आज बुधबार जिल्लाका अन्य ८ वटा पालिकामा एकसाथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ ।

११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको अधिृकत ढुंगानाले बताए ।  खोप लगाइसकेपछि कुनै अवान्छित घटना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने प्रमुख ढुंगानाले जानकारी दिए ।