![ss](/sites/default/files/styles/flexslider_full/public/2021-12/bhansar.jpeg?itok=maqOqdFa)
कैलाली भन्सारले बोलपत्र स्वीकृतको सूचना अझै सार्वजनिक गरेको छैन। गत मंसिर १४ गते सार्वजनिक गरिएको सवारी लिलामीको बोलपत्र पुस ६ गते दिउँसो १ बजे खोलिने भनिएको छ। तर पुस ७ गते हुँदा पनि बोलपत्र स्वीकृतको सूचना सार्वजनिक गरिएको छैन।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
सूचना सार्वजनिक गर्न ढिलो भएपछि कैलाली भन्सार कार्यालयले बद्मासी गरिरहेको आरोप लाग्न थालेको छ। तर कैलाली भन्सार कार्यालयले लिलाम गर्नुपर्ने सवारीको सङ्ख्या धेरै भएकाले सूचना सार्वजनिक गर्न समय लागेको बताएको छ। कैलाली भन्सारका भन्सार अधिकृत फणिन्द्र खतिवडाले ३ सय ३४ सवारीको लिलामी खोलिएकाले समय लागेको बताए। उनले भने, ‘सवारीको सङ्ख्या धेरै भएर हो। काम हुँदैछ, तपाई माथिल्लो तलामा हेर्न सक्नुहुन्छ। कुनै गलत भएको छैन।’
मोटरसाइकल, कार, जीप, ट्याक्टर, अटो रिक्सा लगायतको लिलामीका लागि गत मंसिर १४ गते सूचना सार्वजनिक गरिएको थियो। २२औँ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्ने थियो। त्यसपछि ६ गते दिउँसो १ बजे नै बोलपत्रदाता र अन्य तोकिएका कार्यालयहरुका प्रतिनिधिहरुको रोहवरमा बोलपत्र खोलिएको थियो।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)