भाडा घटाउनु पर्ने माग गर्दै हुलाकी सडकमा अटोरिक्सा संचालनमा स्थानियहरुले अवरोध गरेको छन् । कैलालीको धनगढी उमहानगरपलिका अन्तरगत हुलाकी सडक खण्ड अन्तरगत फूलवारी सम्मको भाँडादर घटाउनु पर्ने माग गर्दै स्थानिय युवाहरुले अटोरिक्सा संचालनमा रोक लागाएका हुन् ।
धनगढीको क्याम्पस चोकदेखि अटोरिक्सा चालकहरुले फूलवारी सम्म मनपरी भाडा असुल्दै आएको स्थानियहरुको अरोप छ । अटोरिक्सा चालकहरुले ९करिब १९ किलोमिटर०धनगढीको क्याम्पसचोक देखी फूलवारी आई गाँउ सम्म १ सय र ९करिब ११ किलोमिटर० स्याउले बजार सम्मपनि १ सय रुपियाँ नै भाडा लिदै आएको छन् ।
क्याम्पस चोकदेखि फूलवारीको स्यालेबजार,डिपोबजार, पच्चीसघर, र आईगाँउ सम्म क्रमश ७०,८०,९० र १०० रुपियाँ भाडादरतय गर्नु पर्ने स्थानियको माग रहेको महेश गोलेले बताए । अटोरिक्सा चालकहरुले स्थानियहरुले तोके अनुसार भाँडादर कायम नगरे हुलाकी सडकमा अटोरिक्सा संचालन गर्न नदिईने स्थानिय जोन तामाङले बताए ।
स्थानियहरुले आज बिहानैदेखि धनगढी फूलवारी सडक खण्ड अन्तरगत फूलवारीको स्याउले बजारमा जमा भएका स्थानिय युवाहरुले अटोरिक्सा संचालनमा रोक लागाएका छन् ।