धनगढी अध्यक्ष हुदैं राष्ट्रिय कोषाध्यक्षसम्म कमल पनेरूको यात्रा
2021/12/27, 5:43
 
dd

 धनगढी जेसिजका पूर्व अध्यक्ष कमलराज पनेरू नेपाल जेसिज वर्ष २०२२ को लागि राष्ट्रिय कोषाध्यक्षमा मनोनीत भएका छन्। पुस पहिलो साता पोखरामा सम्पन्न नेपाल जेसिजको ४८औं राष्ट्रिय महाधिवेशनबाट पनेरू कोषाध्यक्षमा मनोनीत भएका हुन्।

उनी धनगढी जेसिज वर्ष २०२१ का अध्यक्ष थिए। पनेरु २०११ मा जेसिजमा आवद्ध भएका थिए। वर्ष २०१४ र २०१५ मा धनगढी जेसिजले म्याराथन आयोजना गर्दा उनी सक्रिय भएर लागेका थिए।

उनी २०१६ मा उपाध्यक्षमा निर्वाचित भए भने २०१७ मा कोषाध्यक्षमा मनोनीत भए। २०१८ मा निर्वाचित कार्यकारी उपाध्यक्ष र २०१९ मा सल्लाहकार भएका पनेरु २०२० मा भने धनगढी जेसिजको अध्यक्षमा पराजित भएका थिए।

वर्ष २०२१ मा भने उनी धनगढी जेसिजको अध्यक्ष भएका थिए।