धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ
2021/12/28, 12:26
 
ss

बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढी तर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ।

कैलालीको चुरे गाउँपालिका(५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक बझाङको बुङ्गल नगरपालिका(११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेससहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।