
कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका – ५ तिलकपुरका ४२ बर्षिय मोटरसाइकल चालक सुरेश बुढाको मृत्यु भएको हो ।

स्थानिय लक्ष्मण कुमार रावतले सडक किनारामा रोकेर राखेको सु.प.प्र. ०–००२ त ६०७९ नम्बरको ट्याक्टरमा मंगलबार बिहान बुढाले चलाएको सु।प।प्र।०१–००८ प ७१२७ नम्बरको मोटरसाइकाल ठोक्किएको थियो ।
दुर्घटना पछि घाइते भएको बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 4:51
2021/12/28, 2:41
2023/01/09, 6:06
2024/11/27, 1:38
2020/07/20, 10:43