सुदूरपश्चिम प्रदेशमा एक बर्षमा एक हजार बढीले स्थायी बन्ध्याकरण गरेका छन् । पछिल्लो सरकारी तथ्याङ्क अनुसार २०७७र२०७८ एक हजार ६६६ जनाले स्थायी बन्ध्याकरण गरेका हुन् । जसमा एक हजार ८० जना महिला छन् भने ५८६ पुरुष छन् । यसरी हेर्दा ६४।८ प्रतिशत महिला र ३५।२ प्रतिशत पुरुष छन् ।
प्रदेशमा स्थायी बन्ध्याकरण गराउने महिला नै बढी देखिएको छ । कुनै कुनै महिलाले परिवारको कमाउने मान्छे कमजोर हुन्छ भनेर आफैँले पनि स्थायी बन्ध्याकरण गराउने गरेको छ । परिवार कल्याण महाशाखाको २०७७र२०७८ को तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा झन्डै चार गुणाले बढिरहेको पाइएको छ ।
देशभर तीन वर्षमा ६४ हजार ७३६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । आर्थिक वर्ष २०७५र७६ मा २६ हजार ९९४, जना, २०७६र७७ मा २१ हजार ३५२ र २०७७र७८ मा १६ हजार ३९० जनाले स्थायी बन्ध्याकरण गराएको तथ्याङ्क छ ।आ।व २०७६र७७ मा स्थायी बन्ध्याकरण गराउनेको संख्या २०७५र७६को तुलनामा पाँच हजार ६४२ र २०७७र७८ मा २०७६र७७ तुलनामा चार हजार ९६२ ले घटेको देखाएको छ ।