धनगढीको पशुपति टोलमा रहेको कैलाली अस्पतालले महेन्द्र सिंह स्मृति प्रतिष्ठानको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा माध्यमिक विद्यालयमा निशुल्क एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा कैलाली अस्पतालका जनरल फिजिसियन डाक्टर सौरभ सुवेदी सहितको टीमले चेकजाँच गरेको थियो । शिविरमा निशुल्क परामर्श सेवा, मधुमेह, थाईराईड, अन्य रक्त परिक्षण, उच्च रक्तचाप, छाती पेट तथा मुटु लगायतका अन्य समस्या भएका ५० बर्ष माथिका ७५ जनालाई निशुल्क स्वास्थय सेवा प्रदान गरिएको कैलाली अस्पतालका प्रबन्धक खगेन्द्र जोशीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा महेन्द्र सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष हर्कवहादुर सिंह, प्रतिष्ठानका सचिव तथा शारदा माध्यमिक विद्यालयका प्राधानाध्यापक तेजवहादुर सिंह, जनता आधारभुत विद्यालयका प्राधानाध्यापक धनवहादुर सिंह लगायतको उपस्थिति रहेको थियो । m