धनगढी उपमहानगरपालिका ११ जोकैया नदिमा निर्माण हुने पुलको बिहिबार शिलान्यास गरिएको छ ।धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उक्त पुलको शिलान्यास गरेका हुन । पुल निर्माण भएपछि वडानम्बर ११ का दुईवटा बस्तीलाई जोड्ने छ ।
पुलको शिलान्यास गर्दै मेयर वडले यहाँको जनाताको अत्याधिक माग रहेको बताउदै पुल निर्माण पछी जुनसुकै बेलापनी आवतजावतमा सहज हुने बताए । उनले ठेकेदार कम्पनीलाई समयमा नै पुल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए । मेयर वडले धनगढी उपमहानगरपालिकाको हुलाकी सडक अन्तर्गत रहेको वडानम्बर २ र ८ मा समेत छिट्टै पुल निर्माण हुने बताए ।
५ करोड ४९ लाख ७७ हजार लागत अनुदान रकममा धनगढीको केएस कन्स्ट्रक्सनले ३ करोड ३५ लाख ९५ हजारमा ठेक्का सम्झौता गरि निर्माण शुरु गरेको हो । पुलको लम्बाई २० मिटरको रहेको छ भने चौडाई फुटपाथ सहित ११ मिटरको रहने बताइएको छ ।
२०७८ असोज २५ गते ठेक्का सम्झौता भै २०८० असोज मसान्तसम्ममा पुल निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख गरिएको छ ।