सेतीमा ६ जनामा कोरोना पुष्टि
2022/01/07, 1:25
 
dd

धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६ जनामा गरिएको पिसिआर परिक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा दुई जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।