नेपाली काग्रेंस कैलालीका नेता दिनेशराज जोशीले न्यानो कपडा वितरण गरेका छन् । नेपाली काङ्ग्रेसबाट गौरीगंगा नगरपालिका नगर प्रमुखका उम्मेदवार बनेका जोशीले शुक्रबार गौरीगंगा नगर पालिकाको वडा नम्बर ११ मा अति बिपन्न, आदिवासी जनजाती, एकल महिलाका बालबालिका तथा टुहुरा बालबालिकालाई न्यानो लुगा बितरण गरेका हुन् ।
हरेक सामाजिक कार्यमा तल्लीन रहने जोशीले शुक्रबार एलआरआई एजुकेशन फाउन्डेसन काठमाण्डौको सहकार्यमा बिद्यार्थीहरुको न्यानोपनका लागी न्यानो लुगा बितरण गरेको बताए । गौरीगंगा नगरपालिकाको वडा न. ११ मा रहेको कालिका आधारभूत विद्यालयमा करिब एक सय जना बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरिएको छ ।
कैलालीमा जाडो बढेसंगै आफ्नो निर्वाचन क्षेत्रमा रहेका अत्यन्तै गरिब, आदिबासी जनजाति , एकल महिलाका बालबालिका एवं अपाङ्ग बालबालिकालाई न्यानो लुगा बितरण गरेको नेपाली काङ्ग्रेसका नेता जोशीले बताए । गौरीगंगा नगरपालिकाको वडा न.११ बाट सुरु गरेको यो अभियान नगर भरिका सबै वडा र सकेसम्म कैलाली निर्वाचन क्षेत्र ४ भरीका बालबालिकालाई न्यानो कपडा बितरण गर्ने उनले बताए ।
जोशी नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ का निबर्तमान क्षेत्रीय सभापति समेत हुन् । जोशीसंगै न्यानो कपडा बितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता समाजसेवी रोजबहादुर सिंह, युवा नेता राजेन्द्र जोशी, नेपाली काङ्ग्रेस गौरीगंगा नगर सचिव हेमन्त जोशी, नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगाका अध्यक्ष हर्कदेव जोशी, नेपाल शिक्षक संघ गौरीगंगा नगर अध्यक्ष प्रेम चन्द बोहराको समेत सहभागीता रहेको थियो ।