सारथी अस्पतालमा रगत सम्बन्धी निःशुल्क उपचार शिबिर संचालन हुदै
2022/01/07, 4:30
 
dd

धनगढीमा रहेको सारथी अस्पतालमा रक्तअल्पता रक्त क्यान्सर सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको छ । 

माघ १४ र १५ गते शरिरमा हुने विभिन्न रोगहरुमा निलो दाग, होमोग्लोविन, सेतो रगत वा प्लेटलेट्सको कमी हुने वम बढी हुने, व्लीडिङ्ग, एनिमिया, शरिर सेतो हुने थकान महसुस हुने महिनावारी हुदा रगत जाने तथा रगत सम्बन्धी रोगहरुको चेकजाचका साथै निःशुल्क उपचार गरिने सारथी अस्पतालका प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।

शिबिरमा काठमाडौँका बरिष्ठ रक्त रोग तथा वोनम्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौड्याल चेकजाच गर्ने भएका छन् । साथै शिबरिमा रगतको सामान्य रोग देखि क्यान्सर सम्म र अन्य रोगहरुको उपचार हुने हुने भएको छ ।

विशेषज्ञ डाक्टरबाट रगत सम्बन्धीका सम्पुण रोगहरुको उपचार हने भएकोले नाम दर्ता कार्य सुरु भईसकेको प्रबन्ध निर्देशक जोशीले जानकारी दिएका छन् ।