सुदूरपश्चिममा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट फर्किएका १२५ जनामा संक्रमण
2022/01/08, 8:31

सुदूरपश्चिममा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ। भारबाट स्वदेश फर्केका १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७८ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५ ,भलुलाघाट बैतडी नाकाबाट स्वादेश फर्किका ३ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रवार एक सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३६ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय १० पुगेको छ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15