
सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार गौतमसँगै ३४ एसपीहरूको सरुवा गरेका हुन्। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा भएको हो ।

उनी गत बर्षको भदौं महिनामा सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको कमाण्ड सम्हाल्दै आएका थिए । अब उनको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रबिण धिताल आउने भएका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले ३४ एसपीहरूको सरुवा गरेको छ ।
सरुवामा कतिपयलाई जिल्लामा पठाइएको छ भने कतिपयलाई प्रहरीका विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15