हिउँले ढाकिएको खप्तड (फोटो फिचर)
2022/01/10, 4:10
 
dd

खप्तड ! भूगोलका हिसाबले सुदूरपश्चिम प्रदेशको एउटा प्रसिद्ध ठाउँ  । जसको नाम सुन्नासाथै जाउँ जाउँ लाग्छ। महत्वका हिसाबले यसले पाएको छ भू-स्वर्गको उपमा  । जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीट्जरल्याण्ड पनि भन्ने गरिन्छ।

May be an image of 1 person, nature and skiingत्यहि माथि अहिले हिमपातले झनै मुस्कुराएको छ खप्तड । जेठ वैशाखमा फूलहरुले रङ्गीचङ्गी देखिने खप्तड अहिले चारैतिर हिउँले सेताम्मे भएको छ ।शनिबारदेखि परेको हिउँले खप्तडको सुन्तरतानै यतिबेला फरक देखिएको छ ।

May be an image of 3 people, nature and mountain

हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ ।   वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ ।   बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।

May be an image of 1 person, skiing and nature

समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उँचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक । कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो । 

May be an image of 1 person, standing, snow, skiing and nature

May be an image of 1 person and nature

तस्बिर सौजन्य : दीपक बहादुर खड्का