कञ्चनपुरको मझगाँउ विमानस्थलको  शिलान्यास
2022/01/12, 12:28
 
dd

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले शिलान्यास गरेका हुन् ।

विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा  ठेक्का सम्झौता भएको छ ।  

विमानस्थलको लम्बाइ एक हजार ५२५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ ।