
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले माघ ७ गतेदेखि सर्बसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेपनि जिल्लामा कोरोनाबिरुद्ध लगाइने खोपको अभाव छ ।

स्वास्थ्य कार्यालय दार्चुलाले खोप सक्किएको जानकारी दिएको छ । ‘कोरोनाको खोप सकिएको छ, दैनिक २\३ जना खोप लगाउने मानिस आइरहेका छन्,’ स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भने, ‘उनीहरुलाई खोप आएपछि लगाउँछौैं भन्दै फर्काउँदै छौं ।’
सुदूरपश्चिम सरकारसँग खोप माग गरिएको उनले बताए । १५ हजार खोप माग गरिएको छ । ‘२\३ दिनभित्र खोप पुग्छ होला,’ भट्टले भने, ‘अब खोप लगाउने मानिस धेरै छैनन्, ७० प्रतिशतलाई खोप लगाइसकेका छौं ।’

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42