
दार्चुलामा जनतालाई सुरक्षा दिने प्रहरीबीच नै झडप भएको छ । बुधबार मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच झडप भएको स्थानीय बताउँछन् । सवारी साधन चेकजाँचको विषयमा झडप भएको प्रहरी स्रोतले बतायो ।
स्रोतका अनुसार प्रहरी हवल्दार मदनसिंह धामी समान्य घाइते भएका छन् । चौकीमा झडप भएकोबारे आफुलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।

‘झडप भएको भन्ने जानकारी म कहाँ पुगेको छैन्,’ उनले भने, ‘समान्य विवाद भएको होला ।’
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42