
कुटपिटबाट गम्भीर घाइते भएका अजयमेरु गाउँपालिका-६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।

लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीले भागेश्वर गाउँपालिका-६ राडिलमा बुधबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिव्यपुरबाट खटिएको प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02