
कैलालीमा बालुवा बोकेको ट्र्याक्टरबाट सालको काठ बरामद गरिएको छ। शुक्रबार जिल्लाको गोदावरी नगरपालिका -७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से.१ त. ८८६७ नम्बरको बालुवा बोकेको ट्र्याक्टरबाट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बालुवाभित्र लुकाई छिपाई ओसारपोसार गरिरहेको अवस्थामा सालको काठ फेला पारेको हो। उक्त ट्र्याक्टरबाट ५५ थान सालको काठ (कडी) फेला पारी आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरीया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15