
सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा थप एक दिन बिदा दिइएको छ। संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो। हुन त माघ १ गते शनिबार पनि परेको छ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा हुने भएको हो। उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।
माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्। विगतदेखि ने थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07