धनगढीको माया मेट्रो अस्पतालले मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको छ। अस्पतालले माघ १ गतेदेखि २४ घण्टे मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने जनाएको हो।
अस्पतालका अनुसार पूर्णकालीन रुपमा उक्त सेवा सुरु हुन लागेको हो। गंगालाल अस्पतालबाट मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी र वीर अस्पतालका डाक्टर हरि पौडेलले मुटु रोग सम्बन्धीका सेवाहरु प्रदान गर्नेछन्। यस्तै माघ २ गतेदेखि ६ गतेसम्म मुटु र न्यूरो सम्बन्धिको ओपिडी सेवा निशुल्क प्रदान गरिने छ।
यस्ता छन् मुटु र न्यूरो सम्बन्धि सेवा :
मुटु रोगका सेवा
क) छातिको माथिल्लो भाग दुखेको।
ख) स्वाँ स्वाँ हुने
ग) मुटु दुखेको
घ) हात खुट्टा सुन्निने।
ङ) मुटुको रोग छ , छैन भनि पत्ता लाउन परेमा।
च) मुटुको वाथ रोग भएका र भल्भको अप्रेशन गरेका को फलो अप को लागी ।
छ) हृदय घात भएका र हृदय घा जोखिम भएका ( प्रेसर , सुगर , कोलेस्ट्रेल , बढ्दो उमेर , परिवारमा हृदय घात भएका ) हरुको चेकजाच वा परामर्श गरिन्छ।
ज) मुटु को ढुकढुकी बढेको र मुटुको चालको गडबढी भएको वा त्यसको लागी अप्रेशन गरेको फलो अपको को लागी।
झ) जन्मजात मुटुको रोग छ र छैन भनी पत्ता लाउन परेमा वा जन्मजात मुटुको रोगको लागि अप्रेशन गरेका को फलो अप को लागी ।
ञ) साइन्ट मुटुमा जाली हालेका को फलो अप को लागी ।
ट) पछि हुने सम्भावित मुटुको रोग बचावटको परामर्श लिन परेमा ।
ठ) मुटुको बाइपास अप्रेशन गरेका को फलो अपको लागी ।
ड) पेसमेकर हालेका को फलो अपको लागी ।
ढ) कुनै पनि मुटुको समस्याको लागी गंगालाल र विर अस्पताल वा अन्य अस्पतालमा देखाईरहेका को फलो अप लगायत सम्पुर्ण मुटु रोग सम्बन्धि चेकजाच गरिन्छ ।
न्यूरो सर्जरी सेवा
खटाउको तथा दिमाक मा चोट लागेको , टाउको मा रगत जमेको , ढाडमा चोट लागेको , बे«न ट्युमर , दिमागमा रगतको गुच्छा बनेको , घाटी तथा ढाडमा नशा च्यापिएको लगायत न्यूरो सम्वन्धि सम्पुर्ण सल्यक्रिया गरिन्छ। त्यसै गरि टाउको दुख्ने , हातखुट्टा मा कमजोरी , झमझम हुने , प्यारालाईसिस मृगि , छारेरोग , दिमाग मा पानि जमेको लगायत को उपचार तथा परामर्श गरिन्छ।